Nepal Times
Nepal Times
3
Shares

प्राधिकरणले फेरि भन्यो,‘सम्झौता नविकरण नभएका तार-उपकरण हटाउनू’

प्राधिकरणले फेरि भन्यो,‘सम्झौता नविकरण नभएका तार-उपकरण हटाउनू’

७ असोज, काठमाडौं ।

नेपाल विद्युत प्राधिकरणले आफ्नो पोलमा सेवा प्रदायकहरुले झुन्ड्याइएका तार तथा उपकरणहरु हटाउन पुनः चेतावनी दिएको छ ।

प्राधिकरणले बिहीबार तेस्रोपटक सूचना जारी गर्दै असोज १५ पछि सम्झौता नगरी पोलमा झुन्ड्याइएका तार तथा उपकरणहरु हटाउन ताकेता गरेको हो । साथै इन्टरनेट, केबल टिभी र टेलिफोन सेवा प्रदायकहरुलाई पोलभाडा सम्झौता गरी बक्यौता भुक्तानी गर्न पनि प्राधिकरणले आग्रह गरेको छ ।

यसअघि २९ भदौमा पनि प्राधिकरणले सूचना जारी गर्दै यस्तै चेतावनी दिएको थियो । हालसम्म निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेल, सबैभन्दा कान्छो इन्टरनेट सेवा प्रदायक सिजी नेटलगायतले मात्र भाडा सम्झौता गरेको प्राधिकरणले जनाएको छ ।

सरकारी स्वामित्वको नेपाल टेलिकमदेखि इन्टरनेट सेवा प्रदायकहरु वर्ल्डलिंक, सुबिसु, भायनेट, क्लासिक टेकलगायतले प्राधिकरणसँग पोलभाडा सम्झौता नवीकरण गरेका छैनन् ।

यही विषयमा नेपाल विद्युत प्राधिकरण, नेपाल दूरसञ्चार प्राधिकरण, इन्टरनेट सेवा प्रदायकलगायतका सरोकारवाला समूहहरुको छलफल शुक्रबार हुँदैछ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.