Nepal Times
Nepal Times
3
Shares

‘प्रेम गीत–३’ निर्देशक छेतन गुरुङको निधन

‘प्रेम गीत–३’ निर्देशक छेतन गुरुङको निधन

२४ भदौ, काठमाडौँ ।
चलचित्र लेखक तथा निर्देशक छेतन गुरुङको निधन भएको छ । कलेजोमा समस्या आएपछि उपचाररत उनको गएराती २ बजे मेट्रो हस्पिटल महाराजगञ्जमा निधन भएको हो । छेतनको ४२ बर्षको उमेरमा निधन भएको हो ।

गुरुङलाई उपचारका लागि २ दिन अगाडि अस्पताल भर्ना गरिएको थियो । लेखक गुरुङले चलचित्र ‘नोभेम्बर रेन, क्लासिक, ए मेरो हजुर ३’को स्क्रिप्ट लेखेका थिए । यस्तै, उनले निर्देशन गरेको चलचित्र ‘डमरुको डण्डिबियो’ रिलिज भैसकेको छ ।

छेतनले नै निर्देशन गरेको चलचित्र ‘प्रेमगीत ३’ कोरोना संक्रमण बढेसँगै भएको लकडाउनका कारण रिलिज हुन पाएको थिएन । उनी, नयाँ चलचित्र ‘हुतुतु’ निर्देशनको तयारीमा थिए ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.