Nepal Times
Nepal Times
3
Shares

फेसबुकबाट ब्लाकमेल भएपछि मोरङमा एक महिलाले गरिन् आत्महत्या

फेसबुकबाट ब्लाकमेल भएपछि मोरङमा एक महिलाले गरिन् आत्महत्या

१३ फागुन, काठमाडौं । सामाजिक संजाल फेसबुकबाट भएको ब्लाकमेलिङका कारण मोरङको सुन्दरहरैँचामा एक महिलाले आत्महत्या गरेकी छन् ।

८ गते दिउँसो सुन्दरहरैँचा ५ गौशलास्थित भीमकुमारी ढकालको घरमा डेरा गरी बस्ने गुरुप्रसाद अधिकारीकी १९ वर्षीय श्रीमती प्रिती तिम्सिना अधिकारीले आफ्नै कोठामा सलको पासो लगाई झन्डिएको अवस्थामा फेला परेकी थिइन् ।

घटनास्थलमा सुसाईड नोट र मृतकले प्रयोग गर्ने मोवाइल फोन बरामद भएको थियो । रिषी र ड्याज्लिङ क्वीन नामगरेको फेसबुक आईडी प्रयोग गर्ने दीपा नाम गरेकी केटीले फोटो पोष्ट गरिदिने भन्दै ब्लाक मेल गरी पटक पटक पैसा असुल गरेको र उक्त दिन पनि पैसा मागेकोमा पैसा नभएकोले आत्महत्या गर्नुपरेको भनि उनले सुसाइड नोटमा लेखेको फेला परेको प्रहरीले जनाएको छ ।

आईडी प्रयोग गर्ने दीपा, रिषी भन्ने रिषीराम भटट्राई भएको र इटहरी गोर्खा अगाडी पैसा लिन सुन्दरहरैँचा ६ बस्ने १९ वर्षकी सन्जिता निरौलालाई रिषीले पठाएको खुलेको हुँदा दुवैजनालाई पक्राउ गरी म्याद थप गरी अनुसन्धान अघि बढाइको जिल्ला प्रहरी कार्यालय मोरङमा एसपी विश्व अधिकारीले पत्रकार सम्मेलनमार्फत जानकारी गराए ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.