Nepal Times
Nepal Times
3
Shares

बजेट अभावमा ऐतिहासिक सम्पदा अलपत्र

बजेट अभावमा ऐतिहासिक सम्पदा अलपत्र

काठमाडौँ : पाँच वर्षअघि भूकम्पले भत्काएका कतिपय ऐतिहासिक सम्पदाको अझै पुनर्निर्माण सुरु भएको छैन । पुनर्निर्माण प्राधिकरणबाट बजेट प्राप्त नहुँदा ती सम्पदाको पुनर्निर्माण हुन नसकेको गुठी संस्थानले जनाएको छ । पुनर्निर्माण हुन नसकेका काठमाडौँ उपत्यकाभित्रकै कतिपय सम्पदा छन् ।

काठमाडौँ खिचापोखरीस्थित रणमुक्तेश्वर अझै बन्न सकेको छैन । त्यसैगरी राजधानीको केन्द्रमा रहेको टुँडिखेलस्थित महाङ्काल मन्दिरको पनि पुनर्निर्माणको अत्तोपत्तो छैन । वसन्तपुरको नौतले मन्दिर पुनर्निर्माणको अन्तिम चरणमा पुगे पनि नजिकै रहेको कुमारीघर टेकोकै भरमा अडिएको छ । पुनर्निर्माण हुन नसकेका सम्पदामा भक्तपुर न्यातपोल छेउको जङ्गम मठ र कालमोचनस्थित जङ्गहिरण्य हेमनारायणको चौघेरा सत्तल पनि पुनर्निर्माण हुन नसकी बेहाल अवस्थामै छ ।

गुठी संस्थानअन्तर्गत राजगुठीमा दर्ता रहेका यी सम्पदा पुनर्निर्माणका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले बजेट उपलब्ध नगराएको गुनासो संस्थानका पदाधिकारीहरूको छ । संस्थानका प्रवक्ता सरोज थपलियाका अनुसार प्राधिकरणले ५० करोड रुपियाँ संस्थानलाई दिने निर्णय गरे पनि सो रकम नआउँदा समस्या परेको छ ।

प्राधिकरणका उपसचिव ध्रुव पौडेलले संस्थान मातहत रहेका ती सम्पदा पुनर्निर्माणका लागि बजेट उपलब्ध गराउने निर्णय भए पनि पछि नीतिगत तहबाटै यसको छिनोफानो हुनुपर्ने भएकाले रोकिएको बताउनुभयो ।

पशुपति विकास क्षेत्रमा ९० वटा सम्पदाको निर्माण कार्य पनि बाँकी छ । कोरोना सङ्क्रमणका कारण पशुपतिनाथ मन्दिर बन्द भएपछि बन्द अवधिभर भेटी उठ्न नसकेर कोषमा रकम आउन सकेको छैन । कोषका कोषाध्यक्ष डा। मिलनकुमार थापाका अनुसार ३७ वटा सम्पदाको पुनर्निर्माण सम्पन्न गरिएको छ । चालू आर्थिक वर्षमा थप ३७ वटा सम्पदा निर्माण गर्ने योजना तय भएको छ । गुह्येश्वरीको सेतो सत्तल र मृगस्थलीका केही शिवालयको पुनर्निर्माण भइरहेको छ ।

संस्थान मातहतका कतिपय सम्पदा दुरुस्त भएका छन् । त्यस क्रममा ताम्रगङ्गामा रहेको जितजङ्गप्रकाशेश्वर शिवालय दुरुस्त निर्माण भएको छ भने यहाँको सत्तल पनि बनिरहेको छ । विशेष गरेर रणमुक्तेश्वर, महाङ्काल, कुमारीघर, जङ्गम मठ र हिरण्य हेमनारायणको सत्तल सहरको बीचमा रहेर पनि पुनर्निर्माण हुन सकेको छैन । पुरातŒव विभागका महानिर्देशक दामोदर गौतमले मुलुकभरका संस्थानअन्तर्गतका कतिपय सम्पदा विभागको पहलमा पुनर्निर्माण भइरहेको र कतिपय अब हुने बताउनुभयो ।,यो समाचा आजको गोरखापत्र दैनिकमा छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.