Nepal Times
Nepal Times
3
Shares

बन्द सत्रमा ओलीले भने- मेरो जिन्दगीको टुंगो छैन, तर तपाईंहरुलाई हेरेर ढुक्कले निदाउन सक्छु

बन्द सत्रमा ओलीले भने- मेरो जिन्दगीको टुंगो छैन, तर तपाईंहरुलाई हेरेर ढुक्कले निदाउन सक्छु

११ मंसिर, चितवन ।

एमाले अध्यक्ष केपी ओलीले आफ्नो पार्टीका कार्यकर्ताको हातमा लोकतन्त्रको भविष्य सुरक्षित रहेको बताएका छन् ।

एमालेको १० औं महाधिवेशन अन्तरगत जारी बन्द सत्रमा सम्बाेधन गर्दै उनले भने, ‘यसै पनि मानिसको जिन्दगीको टुंगो हुँदैन । म त झन् धेरैपटक मरेर बाँचेको हुँ । धेरैपटक अपरेशन गरेको शरीर हो । त्यसैले कति बाँच्छु थाहा छैन । तर मलाई मिठो निद्रा लाग्छ, खाना रुच्छ, जब तपार्इंहरुलाई अगाडि देख्छु । तपाईंहरुको हातमा देशको भविष्य सुरक्षित देख्छु । आन्दोलनको भविष्य सुरक्षित देख्छु । समृद्धिको यात्रा सुरक्षित देख्छु, त्यसैले ढुक्क भएर सुत्न सक्छु ।’

साहसी र तेजतर्रार कार्यकर्ताहरुको अगूवाई गर्ने अध्यक्ष हुन पाएकोमा आफूलाई गर्व लाग्ने गरेको ओलीले बताए । उनले भने, ‘म आफूलाई गौरवान्वित महसुस गर्छु कि अध्यक्षको रुपमा तपाईंहरुलाई लिड गर्ने मौका पाएको छु । तपाईंहरुले साथ नदिएको भए यो पार्टीको बेहाल हुने थियो ।’

एमाले आज देशको सबैभन्दा ठूलो र निर्णायक पार्टीका रुपमा रहेको उनले बताए । उनले भने, ‘एक वर्ष पनि भएको छैन, हामीलाई पार्टीबाट लखेटिएको थियो । हाम्रो पार्टीलाई धुलोमा पछारिएको थियो । तर, यति चाँडै हामी यो स्थितिमा आइपुगेका छौं।’

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.