Nepal Times
Nepal Times
3
Shares

बर्दिवास घटनामा दुई प्रहरी जिल्ला तानिए, छानबिन समिति महोत्तरी पुग्दै

बर्दिवास घटनामा दुई प्रहरी जिल्ला तानिए, छानबिन समिति महोत्तरी पुग्दै

१६ मंसीर, जनकपुर । बर्दिवासमा बालिका हत्याको विरोधमा भएको प्रदर्शन रोक्न प्रहरीले गोली चलाउँदा एकजनाको मृत्यु भएपछि सो प्रकरणमा मुच्छिएका दुई जना प्रहरी जिल्ला तानिएका छन् ।

इलाका प्रहरी कार्यालय बर्दिवासमा कार्यरत प्रहरी नायव निरीक्षक वीरेन्द्र सिंह र प्रहरी हवल्दार फुलगेन मण्डल जिल्ला तानिएका हुन् ।

गत कात्तिक ७ गते बर्दिवास नगरपालिका-१४ की ६ वर्षीया गुलाब खातुनको हत्या भएको थियो । गौशाला नगरपालिका-५ का अरुण साहले बालिकाको हत्या गरेको जानकारी बाहिर आए लगत्तै स्थानीयले गरेको प्रदर्शन रोक्न प्रहरीले गोली चलाएको थियो । गोली लागेर स्थानीय सञ्जय न्यौपानेको मृत्यु भएको थियो भने दुई जना घाइते भएका थिए ।

उक्त घट्नामा लापरबाही भएको हुन सक्ने भन्ने विषयमा बुझ्नलाई ती प्रहरीलाई जिल्ला झिकाइएको महोत्तरीका प्रहरी प्रमुख एसपी टिका केसीले जानकारी दिए ।

यसैबीच बालिका खातुनको हत्या र प्रहरीको गोली लागेर सञ्जय न्यौपानेको मृत्यु भएको घट्ना छानबिनका लागि गृह मन्त्रालयले बनाएको समितिका पदाधिकारी मंगलबार महोत्तरी पुग्दैछन् ।

गृह मन्त्रालयका उपसचिव रुद्र पण्डितको संयोजकत्वमा मन्त्रालयले छानबिन समिति बनाएको थियो । समितिका सदस्यमा अनुसन्धान कार्यालय धनुषाका एसपी अभिनय सिंह र प्रदेश प्रहरी कार्यालय, जनकपुरधामका एसपी कृष्ण प्रसाइँ सदस्य छन् ।

महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले समिति संयोजक काठमाडौंबाट मंगलबारै आउन लागेको बताए ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.