Nepal Times
Nepal Times
3
Shares

बाँस्कोटालाई कानुनी कारबाहीको माग गर्दै नेविसंघद्वारा प्रदर्शन

बाँस्कोटालाई कानुनी कारबाहीको माग गर्दै नेविसंघद्वारा प्रदर्शन

९ फागुन, काठमाडौँ । नेपाल विद्यार्थी संघ(नेविसंघ)ले बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्रीबाट राजीनामा दिएका गोकुल बाँस्कोटालाई कानुनी कारबाही गर्नुपर्ने माग गर्दै प्रदर्शन गरेको छ ।

बिहीबार संगठनले गरेको प्रदर्शनका क्रममा प्रहरीले गरेको ज्यादतिको विरोध र बाँस्कोटालाई कानुनी कारबाहीको माग गर्दै प्रदर्शन गरिएको उपसभापति मुक्तिराज पौडेलले जानकारी दिए ।

बाँस्कोटालाई कारबाहीको माग गर्दै बिहीबार साँझ गरिएको प्रदर्शनमा प्रहरीले दमन गर्दा अध्यक्ष राजीव ढुंगाना, उपसभापति तुलसा पन्त, महामन्त्री उर्मिला थपलियालगायत एक दर्जन बढि घाइते भएका थिए ।

शुक्रबार दिउँसो नेविसंघ केन्द्रीय कार्यसमितिको आयोजनामा काठमाडौंको प्रदर्शनी मार्गमा प्रदर्शन गरिएको हो । बाल्मिकी क्याम्पसबाट सुरु भएको प्रदर्शन राष्ट्रिय सभा गृहमा पुगेर पुनः बाल्मिकीमै फर्केर कोणसभामा परिणत भएको थियो ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.