Nepal Times
Nepal Times
3
Shares

बार्सिलोनाको पूनरागमन जित

बार्सिलोनाको पूनरागमन जित

१३ बैशाख, काठमाडौ । ला लिगामा बार्सिलोनाले पूनरागमन जित हात पारेको छ । गएराति भएको खेलमा बार्सिलोनाले १० खेलाडीमा सिमित भिल्ला रियललाई २–१ले पराजित गरेको हो ।

२६औं मिनेटमा सामुयल चुक्वाजेको गोलबाट भिल्लारियलले अग्रता बनाएको थियो । तर, उक्त अग्रता कायम रहन सकेन । त्यसको दुई मिनेटमै एन्टोइन ग्रिजमनले गोल गर्दै बार्सिलोनालाई खेलमा फर्काए । ३५औं मिनेटमा ग्रिजमनले व्यक्तिगत दोस्रो गर्दै बार्सिलोनालाई २–१को जित दिलाए ।

जितसँगै बार्सिलोनाले दोस्रो स्थानको रियल म्याड्रिडसँग अंकमा बराबरी गरेको छ । दुवै टोलीको समान ७१ अंक छ । तर, बार्सिलोनाले एक खेल कम खेलेको छ । पराजित भिल्ला रियल ४९ अंकसहित सातौं स्थानमा छ ।

यस्तै, अर्को खेलमा लिग लिडर एट्लेटिको मड्रिड भने पराजित भएको छ । म्याड्रिड एथलेटिको बिल्वाओसँग २–१ ले पराजित भएको हो । हारपछि एट्लेटिकोको ३३ खेलबाट ७३ अंक छ । बिल्वाओ भने ३२ खेलबाट ४१ अंक जोडेर १०औं स्थानमा छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.