Nepal Times
Nepal Times
3
Shares

बार परिसरभित्र छिरेर वकिलहरूलाई धम्की दिने दुई जना पक्राउ

बार परिसरभित्र छिरेर वकिलहरूलाई धम्की दिने दुई जना पक्राउ

३ मंसिर, काठमाडौं ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै आन्दोलनमा उत्रिएका कानुन व्यवासायीलाई धम्की दिने दुई जना पक्राउ परेका छन्।

बिहीबार नेपाल बार एसोसिएसन भवन परिसरभित्र छिरेर कानुन व्यवासायीलाई धम्की दिने दुई जनालाई गएराति काठमाडौंका छुट्टाछुट्टै ठाउँबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।

परिसरका एसपी रमेश बस्नेतका अनुसार तीर्थ ढकाल र सिताराम श्रेष्ठ पक्राउ परेका छन्। उनीहरूलाई बौद्ध र मुलपानीबाट पक्राउ गरिएको बस्नेतले बताए।

उनीहरूले बिहीबार बार परिसर छिरेर कानुन व्यवासायीलाई जबराविरुद्ध आन्दोलन चर्काए कालो कोट च्यातिदिने धम्की दिएका थिए।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.