Nepal Times
Nepal Times
3
Shares

बालुवाटारबाटै १६५ सडक शिलान्यास गर्नु नौटंकीः सांसद शाही

बालुवाटारबाटै १६५ सडक शिलान्यास गर्नु नौटंकीः सांसद शाही

२३ चैत, काठमाडौँ । नेपाली कांग्रेसकी सांसद रंगमती शाहीले प्रधानमन्त्री केपी शर्मा ओलीले तयारीबिनै बालुवाटारबाट १६५ निर्वाचन क्षेत्रका रणनीतिक सडक शिलान्यास गर्नुलाई नौटंकीको संज्ञा दिएकी छन् ।

सोमबार बसेको प्रतिनिधि सभाको शून्य समयमा बोल्‍दै सांसद शाहीले अति महत्त्वपूर्ण विधेयक थन्क्याउने तर महिला हिंसाविरुद्धको विधेयक ल्याउन नदिएको भनेर प्रधानमन्त्रीले ढाँटेको उनले बताइन् ।

‘प्रधानमन्त्रीले तयारीबिनै बालुवाटारबाट स्वीच थिचेर सडक शिलान्यास गर्नुहुन्छ, प्रधानमन्त्रीज्यू यो त नौटंकी नै हो’, सांसद शाहीले भनिन् ।

उनले संसदले जन्माएको प्रधानमन्त्री संसद र सिंहदरबारमा आउन डराएको भन्दै सरकारी निवास बालुवाटार पनि छाडेर निजी निवास बालकोट जानु उचित हुने सुझाव दिइन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.