×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

बालेन भर्सेस ईः कसले बोल्यो झुट ?

८ आश्विन २०८०

८ असोज,काठमाण्डौ ।
काठमाडौं महानगरका मेयर बालेन्द्र शाह बालेनले वाचा विपरित काम गरेको भन्दै धर्नामा बसेका अभियन्ता ईःले बालेनले लगाएको आरोपको खण्डन गरेका छन् । बालेनले माग सम्बोधनमा लागि आफुले वार्ताको पहल गर्दा समेत वार्तामा नआएको राजनीतिबाट प्रेरित भएको बताएपछि सामाजिक अभियन्ता ईःले काठमाडौं महानगरपालिकाका मेयर (बालेन)ले आफूलाई भेट्न नबोलाएको बताएका छन् ।

 

सोमबार मेयर शाहले सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै आन्दोलनरत अभियन्तालाई संवादमा बोलाउँदा आउन नखोजेको आरोप लगाएका थिए । आन्दोलनको विषय र समस्याका बारेमा जानकारी लिन बोलाउँदा संवादमा नआएको उनले उल्लेख गरेका छन् ।

“विगत केही दिनदेखि केही अभियन्ताहरू आन्दोलनमा हुनुहुन्थ्यो, उहाँहरूको कुरा सुन्न उहाँहरू उभिरहेको ठाउँमा म आफैँ गएर वार्ता गरौँ, यहाँहरूको कुरा र समस्या सुनौँ भन्दा अभियन्ताहरू संवादमा बोलाउँदा आउन खोज्नु भएन,” मेयर बालेनले लेखेका छन्, “लोकतान्त्रिक अभ्यासमा सबै कुरा समाधान संवादबाट नै हुनुपर्छ भन्ने कुरा हामीले बुझेको छौँ ।

सायद कुनै राजनीतिक स्वार्थ जोडिएर आउन नखोज्नु भएको होला भन्ने हामीले बुझेको छौँ । के वार्ता हामीले उहाँहरूको नेतासँग गर्नपर्ने ?” बालेनको यो अभिब्यक्ति लगत्तै अभियन्ता ईःले उक्त स्ट्याटस सेयर गर्दै मेयर बालेनको भनाइको खण्डन गरेका छन् । ईःले उल्टै नगर प्रहरी आएर आफूहरूलाई हप्काएको उल्लेख गरेका छन् ।

“मेयर यहाँ आउनुभएको होइन । सँगै जवाफदेहिता माग गरिरहेका अन्य साथीहरू साक्षी छन् । करिब २० मिनेटअगाडि अकस्मात् एक नगर प्रहरीले हामीलाई हप्काउँदै राष्ट्रिय सभागृहको पार्किङ लटमा बोलाए,” ईःले लेखेका छन्, “हामीले कानुनविज्ञ, सहरी व्यवस्थापन विशेषज्ञ र सडक व्यवसाय प्रतिनिधि साथीहरूलाई बोलाउन ३० मिनेट समय माग्यौँ ।

नगर प्रहरीले रिसाएर जवाफ दिए– त्यसो भए मेयरले भेट्दैन ।” विगत केही दिनदेखि अभियन्ता ईःलगायत व्यक्ति प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहअगाडि मौन आन्दोलनमा छन् । यसअघि नेपाली कांग्रेसका महामन्त्री गगनल थापाले मेयर बालेनलाई अभियन्ताहरुसँग वार्ता गर्न आग्रह गरेका थिए ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top