Nepal Times
Nepal Times
3
Shares

बिपी प्रतिष्ठानमा काेराेना संक्रमित आमाछोराकाे एकैदिन मृत्यु

बिपी प्रतिष्ठानमा काेराेना संक्रमित आमाछोराकाे एकैदिन मृत्यु

१४ भदौ, सुनसरी ।
धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आइतबार कोरोना संक्रमणका कारण आमाछोराको मृत्यु भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि शनिबार बी.पी.मा भर्ना भएकी धरान उपमहानगरपालिका–१७ की ७४ वर्षीया आमा र उनका ६० वर्षीय छोराको आइतबार बिहान मृत्यु भएको हो ।

प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार छोराको आइतबार बिहान ७ बजेर ४५ मिनेटमा र आमाको साढे ८ बजे मृत्यु भएको हो । उनीहरूको मृत्युपछि पीसीआर रिपोर्ट आउँदा दुवैमा कोरोना पोजिटिभ देखिएको अस्पतालले जानकारी दिएको छ ।

चिकित्सकका अनुसार महिलालाई मधुमेह र उच्च रक्तचाप तथा छोरालाई मधुमेह र कलेजोमा समस्या थियो । दुवैलाई १० दिनदेखि खोकी, ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएको थियो ।

अस्पताल ल्याइर्पुयाउँदा नै दुवैको अवस्था गम्भीर रहेको प्रवक्ता सापकोटाले बताए । दुवैको शव व्यवस्थापनको तयारी भइरहेको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानमा हालसम्म उपचारका क्रममा १७ जना संक्रमितको मृत्यु भइसकेको छ जसमध्ये ५ जना धरानका छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.