Nepal Times
Nepal Times
3
Shares

बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख नाघ्यो, लकडाउन पूर्ण पालना गर्न प्रधानमन्त्रीको आग्रह

बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख नाघ्यो, लकडाउन पूर्ण पालना गर्न प्रधानमन्त्रीको आग्रह

१४ माघ, एजेन्सी ।
बेलायतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या एक लाख नाघेको छ ।

पछिल्लो तथ्यांकअनुसार एकै दिनमा एक हजार ६ सय ३१ जना संक्रमितको मृत्यु भएसँगै मृतक संख्या एक लाख नाघेको हो । बेलायतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या एक लाख १६२ पुगेको ।

युरोपियन मुलुकमा मृतक संख्या एक लाख बढी हुनेमा बेलायत पहिलो मुलुक बनेको छ । यसैगरी विश्वमा मृतक संख्याको आधारमा बेलायत पाँचौं स्थानमा छ । पछिल्लो २४ घन्टामा २० हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् ।

योसँगै बेलायतमा कोरोना संक्रमितको संख्या ३६ लाख ८९ हजार ७४६ पुगेको छ । पछिल्ला दिनमा बेलायतमा नयाँ संक्रमितको संख्यामा कमी हुँदै गएको त्यहाँको सरकारले जनाएको छ ।

यसअघि तीन हप्ता भन्दा बढी दैनिक ४० हजार भन्दा बढी संक्रमित हुने गरेको समाचार सार्वजनिक भएपनि पछिल्लो पटक सार्वजनिक तथ्यांक अनुसार संक्रमित संख्या बीस हजारमा झरेको छ ।

बेलायतका अस्पतालहरुमा हाल ३७ हजार भन्दा बढी संक्रमित भर्ना भएका छन् भने चार हजार भन्दा बढीको भेन्टिलेटर बेडमा उपचार भइरहेको छ ।

यसैबीच प्रधानमन्त्री बोरिस जोनसनले सरकारले जारी गरेको लकडाउनलाई पूर्णरुपमा पालना गर्न आग्रह गरेका छन् । उनले स्वास्थ्यको मापदण्ड पालना गरेर महामारी नियन्त्रणमा सहयोग गर्न अपीलसमेत गरेका छन् ।

प्रधानमन्त्री जोनसनेल कोरोनाविरुद्धको भ्याक्सिनको सहज उपलब्धताका लागि सरकार लागिपरेकोसमेत जानकारी दिएका छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.