Nepal Times
Nepal Times
3
Shares

ब्राजिलमा कोरोनाबाट करिब तीन हजार जनाको मृत्यु

ब्राजिलमा कोरोनाबाट करिब तीन हजार जनाको मृत्यु

११ बैशाख, एजेन्सी । ब्राजिलमा गएको २४ घण्टा यता कोभिड–१९ को संक्रमणबाट यहाँका करिब तीन हजार नागरिकको मृत्यु भएको छ ।

ब्राजिलको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार शुक्रबार मात्र यहाँ अघिल्लो २४ घन्टामा कोभिड–१९ को संक्रमणमा परेका यहाँका २ हजार ९१४ जनाको एकै दिनमा ज्यान गएको हो ।

यो सँगै ब्राजिलमा कोभिडको प्रकोपबाट मृत्यु हुने व्यक्तिको संख्या तीन लाख ८६ हजार भन्दा बढी पुगेको पनि सो मन्त्रालयले दिएको समाचारमा जनाइएको छ ।

त्यसैगरी सोही अवधीमा थप ६९ हजार भन्दा बढीमा कोरोना भाइरस संक्रमण देखिएको पनि मन्त्रालयले जनाएको छ ।

कोरोना भाइरसको संक्रमण शुरु भएबाट ब्राजिलमा हालसम्म १ करोड ४२ लाख ३७ हजार जनाभन्दा बढीमा सो संक्रमण भएको बताइएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो समय ब्राजिलमा कोरोना भाइरसको नयाँ प्रजातिको भाइरसका साथै नयाँ नयाँ वेभहरु आइरहेका छन् ।

अस्पतालहरूले बिरामीको चाप थेग्न नसकेपछि उपचारमा समस्या भएको जनाएका छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.