Nepal Times
Nepal Times
3
Shares

ब्राजिलमा विमान सडकमा गुडीरहेका कारमाथि खस्दा कम्तीमा तीन जनाको मृत्यु

ब्राजिलमा विमान सडकमा गुडीरहेका कारमाथि खस्दा कम्तीमा तीन जनाको मृत्यु

५ कात्तिक, एजेनसी । ब्राजिलको बेलो हरिजोन्ट सहरमा एउटा सानो विमान दुर्घटना हुँदा कम्तीमा तीन व्यक्तिको मृत्यु भएको छ ।

सोमबार भएको यस दुर्घटनामा परी अन्य तीन व्यक्ति घाइते भएका स्थानीय प्रहरीले जनाएको छ । इन्जिनमा समस्या आएपछि राजधानी सहर मिनास गेराइज राज्यको आवासीय इलाकाको सडकमा सो विमान खसेको थियो ।

विमानले सडकमा गुडिरहेका तीनओटा कारलाई ठक्कर दिएको र त्यसलगत्तै विमानमा आगलागी भएको प्रत्यक्षदर्शीले बताएका छन् ।प्रत्यक्षदर्शीहरुकाअनुसार यस विमान विस्फोटमा परी चारओटा गाडी पूर्णरुपले क्षतिग्रस्त भएका छन् । विमानमा एक चालक र तीन यात्री सवार थिए ।

विमानका एक व्यक्ति, कारका एक र एक पैदलयात्रीको मृत्यु भएको प्रहरीले जनाएको छ । विमानका तीन र एक कारयात्री घाइते भएका छन् ।घाइतेहरुको अवस्था चिन्ताजनक रहेको अस्पतालको भनाइ उद्धृत गर्दै स्थानीय अधिकारीहरुले बताएका छन् ।

इल्हेअस सहरका लागि उडेको केही समयभित्रै विमान दुर्घटना भएको थियो । यसै वर्ष ब्राजिलको यही क्षेत्रको सडकमा दुईओटा विमान दुर्घटना भइसकेका छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.