Nepal Times
Nepal Times
3
Shares

भक्तपुरको गठ्ठाघरमा टिपर र मोटरसाइकल ठोक्किँदा एक जनाको मुत्यु

भक्तपुरको गठ्ठाघरमा टिपर र मोटरसाइकल ठोक्किँदा एक जनाको मुत्यु

९ बैशाख, भक्तपुर । भक्तपुरको गठ्ठाघरमा टिपर र मोटरसाइकल ठोक्किँदा एक जनाको ज्यान गएको छ । दुर्घटनामा अन्य एक जना घाइते भएका छन् ।

बुधवार राति सवा ९ बजे बा ३ ख ४४६५ नम्बरको टिपर र विपरीत दिशाबाट आइरहेको रा २ प ४४३७ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकलको पछाडि बस्ने कैलालीे धनगढीका ४३ वर्षीय पद्मराज पाठकको ज्यान गएको हो । पाठकको उपचारका क्रममा बुधवार राति मध्यपुर अस्पताल थिमिमा ज्यान गएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक दाङका २५ वर्षीय उमेश चौधरी घाइते भएका र उहाँको बाँसबारीमा रहेको न्युरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

टिपर चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.