×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

भजन किर्तन प्रतिष्पर्धामा ज्योती नगर भजन समूह प्रथम

१६ जेष्ठ २०८१

१६ जेठ, विराटनगर । सहभागी ४१ समूहलाई पछि पार्दै विराटनगर– ४ को ज्योती नगर भजन समूह प्रथम भएको छ ।

नेकपा एमाले विराटनगर–४ ले गणतन्त्र दिवसको अवसरमा संस्कृति र संस्कार संरक्षण गर्ने उद्देश्यले आयोजना गरेको प्रतियोगितामा वडा भित्रका ४२ वटा भजन समूहले सहभागिता जनाएका थिए । ती मध्ये प्रथम हुँदै ज्योती नगरले प्रथम हुँदै नगद १५ हजार प्राप्त गरेको छ ।

यस्तै श्यामसुन्दर भजन समूहले दोस्रो हुँदै नगद १० हजार र श्री किशन भजन समूहले तेस्रो हुँदै नगद ५ हजार प्राप्त गर्यो ।

तीनवटै समूहका तर्फबाट क्रमशः बिमला बुढाथोकी, लिला बास्तोला र गायत्रा नेउपानेले पुरस्कार र प्रमाणपत्र ग्रहण गरे ।

बटुकहरूद्वारा स्वस्ति वाचन र शंखघोष सहित कोशी प्रदेशका संस्थापक मुख्यमन्त्री तथा नेकपा एमालेका स्थायी कमिटी सदस्य शेरधन राईले पानसमा बत्ती बालेर प्रतियोगिताको उद्घाटन गरेका थिए ।

उनले भजन किर्तनले ब्यक्तिलाई अनुशासित बन्न अभिप्रेरित गर्दै संस्कारयुक्त आचरणमा बस्न प्रोत्साहन गर्ने विश्वास ब्यक्त गरे ।

४२ समूहबाट करिब ५०० जनाले प्रत्यक्ष सहभागिता जनाएको प्रतियोगितामा विभिन्न धर्म सम्प्रदाय सँग सम्बन्धित भजनहरू प्रस्तुत भएका थिए ।

सहभागी सबै समूहलाई नगद १ हजार प्रोत्साहन पुरस्कार प्रदान गरिएको एमाले वडा अध्यक्ष नवराज काफ्लेले बताए ।

प्रतियोगितामा भजन शिरोमणी माधव घिमिरेको नेतृत्वमा तीन सदस्यीय निर्णायक मण्डल रहेको थियो ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top