Nepal Times
Nepal Times
3
Shares

भरिए लुम्बिनी प्रदेशका कोरोना अस्पताल, वैकल्पिक व्यवस्थाको माग

भरिए लुम्बिनी प्रदेशका कोरोना अस्पताल, वैकल्पिक व्यवस्थाको माग

१५ वैशाख, दाङ ।
कोरोना सङ्क्रमित बढेसँगै लुम्बिनी प्रदेशका कोरोना विशेष अस्पतालहरु भरिएका छन् ।

अस्पतालका बेड भरिएसँगै अस्पताल प्रशासन र चिकित्सकले वैकल्पिक व्यवस्थाको माग गरेका हुन् । लुम्बिनीका दाङ, बाँके, रुपन्देही र बर्दियामा दिनहुँ कोरोनाको जटिल प्रकृतिका सङ्क्रमित थपिने क्रम बढ्दो छ ।

लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद गिरीका अनुसार प्रदेशमा अहिले भेन्टिलेटरमा २१, आईसीयूमा एक सय ८१, आइसोलेशनमा सात सय ७४ जनाको उपचार भइरहेको छ ।

धेरै बिरामी यहाँ आईसीयू बेड कुरेर बसेका छन् । स्वास्थ्य निर्देशनालयको तथ्याङ्कअनुसार सङ्क्रमितमध्ये ५ हजार ५ सय ७४ जना होम आइसोलेशनमै बसेका छन् ।

लुम्बिनीमा अहिलेसम्म सङ्क्रमणबाट ४ सय ९२ जनाको ज्यान गएको निर्देशक डा. गिरीले जानकारी दिए ।

यसैबीच जिल्ला कोरोना सङ्कट व्यवस्थापन केन्द्र प्युठानले अर्को व्यवस्था नभएसम्मका लागि सर्वसाधारणलाई स्वर्गद्वारी दर्शनमा रोक लगाएको छ । कोरोना सङ्क्रमण फैलिन नदिन यस्तो निर्णय गरेको केन्द्रले जनाएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.