Nepal Times
Nepal Times
3
Shares

भायानेटमा अब ९९ रुपैयाँमा भारतीय सिनेमा हेर्न सकिने

भायानेटमा अब ९९ रुपैयाँमा भारतीय सिनेमा हेर्न सकिने

६ पौष, विराटनगर । अब भायानेटको भायाटिभीमा भारतीय चलचित्रहरु हेर्न सकिने भएको छ।

ग्राहकहरुको रोजाईंलाई ध्यानमा राखेर भायानेटले ल्याएको भायाटिभीमार्फत अब आफूलाई मनपर्ने बलिउड सिनेमाहरु “शेमारु अन डिमाण्ड”मूभि प्याक मार्फत हेर्न सकिने भएको हो ।

आफना ग्राहकहरुलाई सेवा र अफरहरु प्रदान गर्ने कुरामा आफूहरु सधैं अगाडि रहँदै आएको भायानेटले जनाएको छ । यसै क्रममा ग्राहकहरुको रुचि अनुसार भायाटिभी मार्फत अझ बढी मनोरञ्जन प्रदान गर्नका लागि भायाटिभीमा “शेमारु अन डिमाण्ड” मूभि प्याक ल्याइएको जनाइएको छ ।

अब प्रति महिना भ्याटसहित ९९ रुपैयाँ तिरेर २५ वटा क्लासिक बलिउड सिनेमाहरु हेर्न सकिने कम्पनीले जनाएको छ। भायानेट, नेपालभरि व्यावसायिक र व्यक्तिगत प्रयोजनका लागि उच्च गतिको इन्टरनेट कनेक्टिभिटी र कम्यूनिकेशन सोलुशन प्र्रदायक रहँदै आएको कम्पनीले उल्लेख गरेको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.