Nepal Times
Nepal Times
3
Shares

भारतको जम्मु-कस्मिरमा सवारी दुर्घटना, १६ जनाको मृत्यु

भारतको जम्मु-कस्मिरमा सवारी दुर्घटना, १६ जनाको मृत्यु

२७ कार्तिक, एजेन्सी । भारतको जम्मु-कस्मिरस्थित डोदा जिल्लामा गाडी खस्दा १६ जनाको मृत्यु भएको छ । मंगलबार अपरान्ह साढे ३ बजे क्लिनीबाट मर्मतको गोवा गाउँ जाँदै गरेको गाडी घुम्तीमा मोड्न खोज्दा अनियन्त्रित भई दुर्घटना भएको हो ।

दुर्घटनामा परी १२ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने अन्य चार जनाको उपचारका क्रममा मृत्यु भएको एनडिटिभीले जनाएको छ । मृत्यु हुनेमा पाँच महिला र तीन बालबालिका समेत रहेका छन् । चालकले घुम्तीमा गाडी मोड्न नसक्दा ७ सय मिटरबाट तल खसेको हो ।

यस दुर्घटनाबाट भने पछि एक जनाको उद्धार गरेको भारतीय प्रहरीले जनाएको छ। जम्मु -कस्मिर प्रदेश कंग्रेस कमिटीका उपाध्यक्ष तथा पूर्वमन्त्री गुलाम मोहम्मद सरुरीले दुर्घटनामा ज्यान गुमाएकालाई १० लाख राहत प्रदान गर्न निर्देशन दिएका छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.