Nepal Times
Nepal Times
3
Shares

भारतको ताज महल बिहीबार बमको हल्लाले केही समय बन्द

भारतको ताज महल बिहीबार बमको हल्लाले केही समय बन्द

२० फागुन, एजेन्सी । भारतको प्रमुख पर्यटकीय गन्तव्य ताज महल बिहीबार बमको हल्लाले केही समय बन्द भएको छ ।

उत्तर प्रदेशको प्रहरीलाई बिहान एक व्यक्तिले ताज महलमा बम राखिएको सूचना दिएका थिए । प्रहरी हेल्पलाइनमा फोन गरी पर्यटकहरुलाई ताज महलबाट निकाल्न आग्रह गरेका थिए ।

यो सूचनासँगै प्रहरीले ताज महलबाट सबै पर्यटकलाई बाहिर निकालेर केही समय ताज महल बन्द गराएको थियो । जाँचमा बम नभेटिएसँगै पुनः ताज महल खुला गरिएको छ ।

एक वरिष्ठ प्रहरी अधिकारीले अहिले गलत सूचना दिने व्यक्तिको खोजी भइरहेको बताएका छन् । प्रहरीले ताज महिलामा कुनै पनि विष्फोटक पदार्थ नभेटिएकाले उक्त सूचना अफवाह फैलाउन दिइएको भन्दै ढुक्क हुन मानिसहरुलाई आग्रह गरेको छ ।

ताज महल भारतको पुरातत्व विभागको संरक्षणमा रहेको क्षेत्र हो । यो क्षेत्रलाई सशस्त्र केन्द्रीय औद्योगिक सुरक्षा बल (सीआईएसएफ)ले सुरक्षा दिँदै आएको छ ।

कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणको लागि लगाइएको प्रतिबन्धको कारण गत वर्षको मार्चदेखि बन्द रहेको ताज महल सेप्टेम्बरबाट पर्यटकहरुका लागि खुला गरिएको थियो ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.