Nepal Times
Nepal Times
3
Shares

भारतको महाराष्ट्रमा १५ दिनका लागि कर्फ्यु

भारतको महाराष्ट्रमा १५ दिनका लागि कर्फ्यु

१ वैशाख । कोरोना भाइरसको संक्रमण तिब्र रुपमा बढ्न थालेपछि भारतको महाराष्ट्रमा १५ दिनका लागि कर्फ्यु लगाइएको छ ।

बुधबारदेखि लागु हुने गरी कफ्र्यू लगाईएको महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरेले बताएका छन् । महाराष्ट्रमा दैनिक १५ हजार भन्दा बढी कोराना संक्रमित थपिइरहेका छन् । कफ्र्यू अन्तर्गत राति ८ बजेदेखि बिहान ६ बजेसम्म सम्पूर्ण व्यापार व्यवसाय र भीडभाडयुक्त क्षेत्र बन्द रहनेछन् । साथै महाराष्ट्रका सम्पूर्ण शैक्षिक संस्थाहरु १५ दिनका लागि बन्द रहनेछन् । अस्पताल, खाद्यान्न पसल, बैंक तथा वित्तिय संस्था लगायतका अत्यावश्क सेवाहरुहरु भने खुला रहने बताइएको छ ।

भारतमा कोरोनाको दोस्रो लहरले बितण्डा मच्चाइरहेको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.