Nepal Times
Nepal Times
3
Shares

भारतमा कोरोनाको सुनामीः एकैदिन थपिए साढे ३ लाख संक्रमित, २८ सयको मृत्यु

भारतमा कोरोनाको सुनामीः एकैदिन थपिए साढे ३ लाख संक्रमित, २८ सयको मृत्यु

१३ वैशाख, एजेन्सी ।
भारतमा एकैदिन साढे तीन लाख भन्दा धेरै संक्रमित थपिएका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार तीन लाख ५२ हजार ९९१ जनामा भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा कोभिड–१९ का कारण २८ सय १२ जनाको ज्यान गएको छ।

भारतमा कुल संक्रमितको संख्या एक करोड ७३ लाख १३ हजार १६३ पुगेको छ। यस्तै अहिलेसम्म मर्नेको संख्या एक लाख ९५ हजार १२३ पुगेको स्वास्थ्य मन्त्रालयले उल्लेख गरेको छ।

हाल भारतमा सक्रिय संक्रमितको संख्या २८ लाख १३ हजार ६५८ पुगेको छ। अहिलेसम्म १४ करोड १९ लाख ११ हजार भन्दा धेरैलाई कोरोना भाइरसविरुद्धको कम्तीमा एक मात्रा खोप लगाइएको छ।

पछिल्ला दिनहरुमा भारतका विभिन्न अस्पतालहरुमा आइसियू तथा भेन्टिलेटरको अभावसँगै अत्यावश्यक अक्सिजनको पनि अभाव भएको छ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.