Nepal Times
Nepal Times
3
Shares

भारतमा कोरोना संक्रमित हुने दर दैनिकरुपमा घट्दै, ३ महिनापछि मंगलबार सबैभन्दा थोरै संक्रमित फेला

भारतमा कोरोना संक्रमित हुने दर दैनिकरुपमा घट्दै, ३ महिनापछि मंगलबार सबैभन्दा थोरै संक्रमित फेला

११ कार्तिक, एजेन्सी ।
भारतमा कोरोनाभाइरसबाट दैनिक संक्रमितहरुको संख्या पछिल्लो तीन महिनामा मंगलबार सबैभन्दा थोरै देखिएका छन् ।

सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार पछिल्लो तीन महिनाभित्रमा मंगलबार ४० हजारभन्दा थोरै संक्रमित भेटिएका हुन् । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले पछिल्लो २४ घण्टामा भारतमा ३६ हजार ४७० जना संक्रमित भएको जनाएको छ ।

योसँगै भारतमा कूल संक्रमितको संख्या ७९ लाख ४६ हजार ४२९ पुगेको छ । त्यसैगरी भारतमा कोरोनाका कारण अहिलेसम्म एक लाख १९ हजार ५०२ जनाको मृत्यु भएको छ । तीमध्ये ४८८ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो ।

कोरोनाभाइरसबाट संक्रमित भएर पनि अहिले सङ्क्रमणमुक्त भइसकेकाहरुको संख्या भारतमा ७२ लाख एक हजार ७० रहेको अधिकारीहरुले जनाएका छन् । सरकारी निकायले भारतमा कोरोनाभाइरसबाट मुक्त भएकाको अनुपात ९०.६२ प्रतिशत रहेको पनि जानकारी दिएका छन् ।

त्यसैगरी कोरोनाभाइरसबाट संक्रमित भएकाहरुमध्ये १.५० प्रतिशत मानिसको मात्रै मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ । भारतमा कोरोनाभाइरसबाट अहिले पनि संक्रमित अवस्थामै रहेकाको संख्या पनि घटेर सात लाखभन्दा कम भएको छ ।

अधिकारीहरुका अनुसार कूल छ लाख २५ हजार ८५७ जना अहिले पनि संक्रमित अवस्थामै रहेका छन् । भारतमा केही हप्ता अगाडिसम्म कोरोनाभाइरसबाट संक्रमित र मृतकको संख्या दिनप्रतिदिन बढ्दै गएकोमा पछिल्लो केही हप्ता अगाडिदेखि दैनिकरुपमा घट्दै गएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.