Nepal Times
Nepal Times
3
Shares

भारतमा १८ वर्षभन्दा कम उमेरका सबैलाई कोरोना खोप दिइने

भारतमा १८ वर्षभन्दा कम उमेरका सबैलाई कोरोना खोप दिइने

७ वैशाख, काठमाडौँ । भारतमा १८ वर्षभन्दा कम उमेरका व्यक्तिलाई पनि कोरोना खोप लगाइने भएको छ । उक्त निर्णय मे महिनाको एक तारिखदेखि लागु हुनेछ ।

प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बसेको एक बैठकले सोमबार गरेको निर्णयअनुसार एक मेदेखि १८ वर्षभन्दा कम उमेरका हरेक व्यक्तिलाई कोरोनाविरुद्धको खोप दिइने छ ।

यसअघि ४५ वर्षभन्दा बढी उमेरकालाई मात्रै कोरोनाविरुद्धको खोप लगाइएको थियो ।

एक मेदेखि भारतमा कोरोनाविरुद्धको खोप अभियानको तेस्रो चरण सुरु हुने छ । यो चरणमा खोप लगाउने कार्यलाई तीव्रता दिने र त्यसको दायरा पनि बढाउने निर्णय सरकारले गरेको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।

भारतमा कोरोनाविरुद्धको खोप अभियानको पहिलो चरण १६ जनवरीदेखि सुरु भएको थियो । सुरुमा स्वास्थ्यकर्मी र फ्रन्टलाइनमा खटिएकाहरुलाई दिइएको थियो । खोपको दोस्रो चरण १ मार्चदेखि सुरु भएको थियो । दोस्रो चरणमा ४५ वर्षभन्दा माथिका लागि मात्रै खोप दिइएको थियो ।

सुरुमा भारत बायोटेक र सिरम इन्सटिच्युटको खोपलाई भारतले अनुमति दिएको थियो । पछिल्लो पटक विदेशमा बनेको स्पुततिक भ्याक्सिनलाई पनि आपतकालीन प्रयोगको अनुमति भारतले दिएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.