Nepal Times
Nepal Times
3
Shares

भारतले थप १० लाख डोज कोभिशिल्ड चाँडै उपलब्ध गराउँछ -राजदूत आचार्य

भारतले थप १० लाख डोज कोभिशिल्ड चाँडै उपलब्ध गराउँछ -राजदूत आचार्य

७ असोज, काठमाडौं ।

भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले भारतले उपलब्ध गराउने भनेको थप १० लाख डोज कोभिशिल्ड खोप नेपालले छिट्टै पाउने बताएका छन् ।

नेपालले गत वर्ष भारतको पुनेस्थित सेरम इन्स्टिच्युटबाट माग गरेको २० लाख डोज कोभिशिल्ड खोपमध्ये बाँकी १० लाख डोज अझै पाएको छैन । खोप अभाव देखाउदै भारतले नेपाललाई थप डोज मे महिनामा रोकेको थियो ।

‘आउनुपर्ने बाँकी १० लाख डोजसहित खोप आपूर्ति पुनः सुरु हुने आशा गरेका छौं । कोभिडविरुद्धको लडाइँमा हामीले भारतबाट अक्सिजन प्लान्ट र औषधिसमेत प्राप्त गरेका छौं,’ भारतीय समाचार संस्था एएनआईलाई आचार्यले भनेका छन् । कोभिड नियन्त्रणमा भारतले गरेको सहयोगप्रति राजदूत आचार्यले धन्यवादसमेत दिएका छन् ।

भारतले नेपाललाई २० लाख खोप बिक्री गर्ने र १० लाख अनुदान दिने जनाएको छ ।

अर्को एक प्रसंगमा राजदूत आचार्यले उत्तराखण्डमा नेपाल र भारतका सेनाबीचको सैन्य अभ्यास ‘रक्षा सहकार्यको उत्कृष्ट उदाहरण’ भएको टिप्प्णी गरेका छन् । सीमा क्षेत्रमा केही समस्य देखिए पनि यसले दुई देशबीचको सम्बन्धमा फरक नपार्ने उनले बताए ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.