Nepal Times
Nepal Times
3
Shares

भुवन केसीको ‘एन्टी हिरो’ मा अनमोलको जोडी जसितासँंग बाँधिने

भुवन केसीको ‘एन्टी हिरो’ मा अनमोलको जोडी जसितासँंग बाँधिने

९ माघ, काठमाडौँ ।
अभिनेता भुवन केसीको निर्माणमा बन्ने चलचित्र ‘एन्टी हिरो’ मा अनमोल केसीको जोडी जसिता गुरुङसँग बाँधिने भएको छ । बुधवार निर्माण पक्ष र जसिता बिच औपचारिक सम्झौता भएको हो ।

चलचित्र ‘लिलीबिली’ र ‘लभ स्टेसन’ मा प्रदीप खड्कासँग जोडी बाँधिएकी जसिता र अनमोलको जोडी ‘एन्टी हिरो’मा देख्न पाइने भएको छ । निर्माता केसी केही समय यता चलचित्रका लागि अभिनेत्रीको खोजीमा थिए ।

चलचित्रको यति बेला स्क्रिप्टको काम भइरहेको छ । अन्य टिम र कलाकार तथा निर्देशक भने अझै फाइनल भैसकेका छैनन् । बाबु भुवन र छोरा अनमोलले पहिलो पल्ट एकसाथ फिल्ममा अभिनय गर्न लागेका हुन् । चलचित्रमा भुवन केसी नेगेटिभ रोलमा देखिँदै छन् ।

चलचित्र एक्सन–लभ स्टोरी जनरामा निर्माण हुने छ भने तिहारपछि फ्लोरमा जानेछ । चलचित्र २०७७ सालको दसैँमा रिलिज हुने बताइएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.