Nepal Times
Nepal Times
3
Shares

भोलि उद्घाटन हुने धरहराको काम अन्तिम चरणमा

भोलि उद्घाटन हुने धरहराको काम अन्तिम चरणमा

१० बैशाख, काठमाडौ । भोलि उद्घाटन गरिने ऐतिहासिक धरहराको काम अन्तिम चरणमा पुगेको छ ।

ऐतिहासिक धरहरा टावरको पुनर्निर्माण कार्य पूरा भएसँगै रङ्ग लगाउने काम र सरसफाइको काम भइरहेको छ ।

आज बेलुकासम्म रङ्ग रोगनसँगै सफाइको काम सम्पन्न हुने रमन कन्स्ट्रक्सनका आयोजना व्यवस्थापक श्यामचन्द्र श्रेष्ठले जानकारी दिए ।

धरहराको काम सम्पन्न गर्न अहिले २४ सै घण्टा काम भइरहेको जानकारी दिए । पुनर्निर्माण सम्पन्न भएको ऐतिहासिक धरहरामा ३३० किलोको गजुर राखिसकिएको छ ।

गजुर तामाबाट बनेको छ भने बाहिरी आवरण सुनले लेपन गरिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ ।

भोलि बिहान ११ बजे प्रधानमन्त्री केपी शर्मा ओलीबाट धरहराको उद्घाटन गर्ने तयारी छ ।

यो निर्माण भइरहेको धरहरा संरचना पूरा काम सम्पन्न नभएकाले नागरिकका लागि खुला हुन भने आउँदो मङ्सिरसम्म लाग्ने आयोजना व्यवस्थापकले बताएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.