Nepal Times
Nepal Times
3
Shares

महालक्ष्मी विकास बैंकमा भएको घोटालाका मुख्य आरोपी पक्राउ

महालक्ष्मी विकास बैंकमा भएको घोटालाका मुख्य आरोपी पक्राउ

१४ पौष, काठमाडौं । ललितपुरको कुमारीपाटीस्थित महालक्ष्मी विकास बैंक भएको घोटालाका मुख्य आरोपी पक्राउ परेका छन्।

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले पल्पा घर भई चन्द्रागिरि नगरपालिका बस्ने ६७ वर्षीय पद्म ज्ञवालीलाई पक्राउ गरेको हो।

उनलाई प्रहरीले सोमबार पक्राउ गरेको सिआइबीका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) सहकुल थापाले जानकारी दिए । उनका अनुसार ज्ञवाली सुन जाँचकी हुन्।

ब्युरोले यस घोटालाका प्रमुख ऋणीहरूलाई पक्राउ गरिसकेको छ। तीन जना तत्कालीन शाखा प्रबन्धकसहित ७ जना पक्राउ ‍परेका छन्।

बैंकका कर्मचारीकै मिलेमतोमा पाँच हजार २२८ ग्राम सुन धितो राखेर ७ करोड ४२ लाख ऋण प्रवाह गरेपछि सिआइबीले अनुसन्धान अघि बढाएको थियो।

रकम बराबरको कर्जाका लागि १७ हजार ५०० ग्राम सुन धितो राख्न आवश्यक थियो।

अहिलेसम्म पक्राउ पर्नेमा तत्कालीन शाखा प्रबन्धक काठमाडौं महानगरपालिका-९ गौशालाकी ४२ वर्षीया स्मृति राना, पोखरा महानगर-९ घर भई चन्द्रगिर-११ सतुंगल बस्ने ३९ वर्षीया पिंकु पालिखे र ललितपुर महानगर-११ बस्ने ३७ वर्षीय अनिशसिंह सिंजापती छन्।

खोटाङका पूर्ण राई र देवानन्द राईलाई प्रहरीले मंसिर २६ गते नै पक्राउ गरेको थियो। उनीहरू दुवै जना ललितपुरका सुन व्यवसायी हुन्।

उनीहरूले राखेका कामदार सन्दीप लिम्बू पनि पक्राउ परेका थिए। उनी ललितपुर-१४ विशालचोका हुन्।

राईद्वयले २०७४ सालयता पटक-पटक महालक्ष्मी विकास बैंक कुमारीपाटी शाखाबाट कर्जा लिँदै आएका थिए।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.