Nepal Times
Nepal Times
3
Shares

महावीर पुन भन्छन् – ४५ वर्षपछि दशैँमा नयाँ कपडा पाएँ, जुत्ता चाहिँ ६ वर्ष पुरानो

महावीर पुन भन्छन् – ४५ वर्षपछि दशैँमा नयाँ कपडा पाएँ, जुत्ता चाहिँ ६ वर्ष पुरानो

२ कात्तिक, काठमाडाैँ ।

राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख तथा वैज्ञानिक महावीर पुनले झण्डै ४५ वर्षपछि आफूले दशैँमा नयाँ कपडा लगाएको बताएका छन् ।

आईतबार सामाजिक सञ्जाल फेसुबकमा नयाँ सुट प्यान्टमा सजिएको फोटो राख्दै पुनले लेखेका छन्- लौ हेर्नुहोस, मैले नि यो वर्षको दसैंमा त नयाँ कपडा पाएँ बाइ।

उनले लेखेका छन्, ‘सायद ४५ वर्षपछि मैले दशैँमा नयाँ कपडा पाएको होला । यो कपडा मलाई नै नापेर सिलाउन दिएका हुन् । पुरानो जडौरी होइन ।’

साथै उनले यो आफ्नो दोस्रो सुट भएको बताएका छन् । जुत्ता चाहिँ ६ वर्ष पुरानो भएको उनले फेसबुकमा लेखेका छन् । सधैँ पुरानो लुगा लगाएको भनेर प्रतिक्रिया आइरहेकोले अब चाहिँ नयाँ कपडा लगाएको फोटो हालेको उनले बताएका छन् ।

उनले दसैंको बेलामा नयाँ कपडा कहाँबाट आयो भनेर कसैले पनि नसोध्न र केही महिनापछि आफैंले बताउने उल्लेख गरेका छन्। ‘क्या रमाइलो हुने भयो यो पालिको दसैं त। कहिलेकाहीँ त गल्लीको कुकुरको पनि दिन आउँछ भनेको यही होला’, उनले ठट्यौली गर्दै लेखेका छन्।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.