Nepal Times
Nepal Times
3
Shares

महोत्तरीका सर्वसाधारण कोरोना खोप लगाउन जाँदैनन् खोप केन्द्रमा

महोत्तरीका सर्वसाधारण कोरोना खोप लगाउन जाँदैनन् खोप केन्द्रमा

७ मंसिर, महोत्तरी ।

धान भित्र्याउने व्यस्तताले महोत्तरीका धेरै सर्वसाधारण सरकारले चलाएको कोभिड विरुद्धको खोप लगाउन खोप केन्द्रसम्म यस पटक पुगेनन् । कतिपय खोप लिने चाहना हुँदाहुँदै व्यस्तताका कारण पुग्न सकेनन् भने कतिपय खोपप्रतिको अविश्वास, जनचेतनाको अभावले पुग्न सकेनन् ।

किसाननगरका ७५ वर्षीय टेकबहादुर मगर छोराछोरीले कहर गरेर मात्र खोप लगाउन आएको बताए । १–४ मंसिरसम्म महोत्तरीको सातवटा पालिकाको टोल–टोलमा खोप अभियान चलाइएको थियो ।

तर, महोत्तरीको उत्तरी क्षेत्रका ७ वटा पालिकामा चलाएको खोप अभियानमा सर्वसाधारणको न्यून उपस्थिति रहयो । भेरोसेल दोस्रो डोज खोप अभियानका क्रममा ३० हजार खोप महोत्तरी आइपुगेको थियो ।

महोत्तरीमा अहिलेसम्म चलाइएका खोप अभियानमा ५६ हजार ६५८ जनाले भेरोसेलको पहिलो डोज लिएका छन् । दोस्रो डोजको लागि आह्वान गरिएको भेरोसेल खोप लगाउन १५ प्रतिशत सर्वसाधारण पनि उपस्थित नभएको जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ ।

मंगलबारबाट नै बाँकी आठवटा पालिकामा तीन दिनको लागि खोप अभियान चलाइएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख भोला यादवले बताए । ञहामी खोप अभियानलाइ प्रभावकारी बनाउन १० गतेवाट नयाँ ढङ्गले प्रस्तुत हुन खोजिरहेका छौँ । यसको लागी प्रमुख जिल्ला अधिकारीसँग छलफल भइरहेको छझ, उनले भने ।

जिल्ला स्वास्थ्य कार्यालयको तथ्यांकअनुसार अहिलेसम्म दुई लाख ४८ हजार २०९ जनाले कोरोना खोप लिएका छन् । यो संख्या कुल जनसंख्याको करिब ५२ प्रतिशत हुन आउँछ । अझै महोत्तरीमा ४८ प्रतिशत जनसंख्या खोप लगाउनवाट बिमुख बनिरहेका छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.