Nepal Times
Nepal Times
3
Shares

मिस वर्ल्डमा मिस नेपाल अनुष्काले दोस्रो चरणको ‘हेड–टु–हेड च्यालेन्ज’मा प्रतिष्पर्धा गर्दै

मिस वर्ल्डमा मिस नेपाल अनुष्काले दोस्रो चरणको ‘हेड–टु–हेड च्यालेन्ज’मा प्रतिष्पर्धा गर्दै

२४ मंसिर, काठमाडौं । बेलायतको लण्डनमा जारी मिस वर्ल्ड प्रतियोगितामा मिस नेपाल अनुष्का श्रेष्ठले मंगलबार दोस्रो चरणको ‘हेड–टु–हेड च्यालेन्ज’मा प्रतिष्पर्धा गर्दै्छिन् ।

‘हेड–टु–हेड च्यालेन्ज’को समूह विजेता बन्दै दोस्रो चरण प्रवेश गरेकी अनुष्काले मंगलबार इन्डोनेसियाकी प्रतिष्पर्धी फ्रेड्रिक एलेक्सीस कलसँग प्रतिस्पर्धा गर्ने्छिन् । हेड–टु–हेड च्यालेन्ज अन्तर्गत समूह १० मा परेकी अनुष्काले टप ४० मा प्रवेश गर्न मंगलबारको प्रतिष्पर्धा पनि जित्नु पर्ने छ ।

दोश्रो चरणबाट उत्कृष्ट १० जना प्रतिस्पर्धी छानिने र उनीहरुले मात्रै सिधा टप–४० मा प्रवेश गर्ने अवसर पाउनेछन् । पहिलो चरणमा अनुष्काले तान्जानिया, जिब्राल्टार, पोल्याण्ड, मेक्सिको र द केमन आइल्याण्ड्सलाई पछि पार्दै समूह विजेता बनेकी थिइन् ।

नेपालको प्रतिनिधित्व गर्दै बेलायतको लण्डन पुगेकी मिस नेपाल अनुष्का श्रेष्ठले टप मोडल, बेस्ट इन ट्यालेन्ट, खेल, ब्युटी बिथ पर्पस र मिस मल्टिमिडिया लगायत विधामा प्रतिप्रर्धा गरिरहेकी छिन् । मिस वर्ल्डको फाइनल यही डिसेम्बर १४ तारिखका दिन हुँदैछ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.