Nepal Times
Nepal Times
3
Shares

मुख्यमन्त्री पोखरेलविरुद्धको अविश्वास प्रस्तावमाथि साउन २७ गते छलफल हुने

मुख्यमन्त्री पोखरेलविरुद्धको अविश्वास प्रस्तावमाथि साउन २७ गते छलफल हुने

२१ साउन, बुटवल ।

लुम्बिनी प्रदेशमा मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध परेको अविश्वास प्रस्तावमाथि छलफलका गर्न साउन २७ गते विशेष अधिवेशन बोलाइएको छ ।

प्रदेश प्रमुख अमिक शेरचनले साउन २७ गते दिउँसो १ बजे विशेष अधिवेशन आह्वान गरेको प्रदेशसभा सचिवालयले बिहीबार एक सूचना जारी गरी जानकारी दिएको छ ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका ३४ सांसदले साउन १८ गते मुख्यमन्त्री पोखरेलविरुद्ध प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता गराएका थिए ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.