Nepal Times
Nepal Times
3
Shares

मुख्यसचिवमा वैरागी, खतिवडा अमेरिका र रेग्मी बेलायतका लागि राजदूत सिफारिस

मुख्यसचिवमा वैरागी, खतिवडा अमेरिका र रेग्मी बेलायतका लागि राजदूत सिफारिस

१५ असोज, काठमाडौँ । सरकारले मुख्यसचिवमा शंकरदास वैरागीलाई नियुक्त गरेको छ ।

बिहीबारको मन्त्रिपरिषद् बैठकले मुख्यसचिव लोकदर्शन रेग्मीले दिएको राजीनामा स्वीकृत गर्दै वैरागीलाई मुख्यसचिवमा नियुक्त गरेको एक मन्त्रीले बताए ।

कात्तिक ३ गते अवकाश पाउने रेग्मीले त्यसको दुई साताभन्दा अघि नै राजीनामा दिएकाले परराष्ट्र सचिव वैरागी मुख्यसचिव भएका हुन् ।

ती मन्त्रीका अनुसार मन्त्रिपरिषद्ले पूर्व अर्थमन्त्री एवं प्रधानमन्त्रीका आर्थिक सल्लाहकार युवराज खतिवडालाई अमेरिकाका लागि राजदूत बनाउने निर्णय गरेको छ । आजै राजीनामा दिएका रेग्मीलाई बेलायतका लागि राजदूत सिफारिस गरिएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.