Nepal Times
Nepal Times
3
Shares

मुख्यसचिव शंकरदास वैरागीले गरे पदभार ग्रहण

मुख्यसचिव शंकरदास वैरागीले गरे पदभार ग्रहण

१५ असोज, काठमाडौँ ।
नेपाल सरकारको मुख्य सचिवमा शंकरदास वैरागी नियुक्त भएका छन । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले बैरागीलाई मुख्य सचिवमा नियुक्त गरेको हो ।

सरकारले विहीबार नै लोकदर्शन रेग्मीले दिएको राजीनामा स्वीकृत गरेको छ । त्यस लगत्तै पराराष्ट्र मन्त्रालयमा सचिव रहेका वैरागीलाई सरकारले मुख्य सचिवमा नियुक्त गरेको हो । मुख्य सचिव वैरागीले विहीबारै पदभार ग्रहण गरेका छन् ।

मुख्य सचिवबाट राजीनामा दिएका रेग्मीको राजीनामा मन्त्रिपरिषदले स्वीकृत गरेपछि उनको विदाई गरिएको छ । सरकारले रेग्मीलाई बेलायतका लागि नेपाली राजदूतमा नियुक्त गर्न सिफारिस समेत गरेको छ । उनको तीनवर्षे कार्यकाल आगामी कार्तिक ३ पुरा हुँदै थियो । तर अनिवार्य अवकाश पाउनु अगाडी नै रेग्मीले राजीनामा दिएका हुन् ।

रेग्मी २०७४ साल कार्तिक ६ गते नेपाल सरकारको २४ औं मुख्य सचिवमा नियुक्त भएका थिए ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.