Nepal Times
Nepal Times
3
Shares

मुस्ताङ हिम पहिरोमा ११ जना घाइते

मुस्ताङ हिम पहिरोमा ११ जना घाइते

२८ कार्तिक, मनाङ ।

मुस्ताङमा सम्भवतः अहिलेसम्मकै ठूलो हिउँ पहिरो झरेको छ ।

आइतबार करिब ११ः३० बजेतिर मुस्ताङको थासाङ २ नजिक बोक्सीखोला एवं टुक्चे पिक क्षेत्रबाट झरेको हिउँ पहिरोमा परी ११जना घाइते भएको थासाङ गाउँपालिकाका उपाध्यक्ष बालकुमारी शेरचनले जानकारी दिइन् ।

उनका अनुसार हिउँ पहिरोका कारण जनआदर्श अम्मरसिंह माविका केही शिक्षक तथा विद्यार्थीहरू सामान्य घाइते भएका छन् । उनीहरू धुलाम्य र हिलाम्य बनेका थिए ।

हिउँ पहिरो प्रभावितहरूलाई उपचारार्थ मुस्ताङ जिल्ला अस्पतालमा भर्ना गरिएको छ । घटनालगत्तै नेपाल प्रहरी र नेपाली सेनाका टोली घटनास्थल पुगेर उद्धारमा जुटेका थिए ।

टुक्चे हिमाल क्षेत्रबाट ठूलो मुस्लोसहित आएको हिउँले उक्त क्षेत्रबाट करिब पाँच किलोमिटर वरपरसमेत धुलाम्य बनाएको थियो । जसका कारण स्थानीय बासिन्दा त्रसित भएको शिक्षक मनदेवी गौचनले बताइन् ।

उनका अनुसार अनु देसार, दीपेन्द्र लामिछाने, संगम बरुवाल, मिलन पुन, अमृता रोकाय, सुजिना केसी, वीरेन्द्र लामिछाने, अनुष्का विक, स्नेहा किसन, कारिसा विक, सुशीला थापा घाइते भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.