Nepal Times
Nepal Times
3
Shares

मेडिकल कलेजविरुद्ध चितवनमा उर्लिए विद्यार्थी

मेडिकल कलेजविरुद्ध चितवनमा उर्लिए विद्यार्थी

८ मंसिर, चितवन ।
मेडिकल कलेजहरुले बढी शुल्क लिएको विरोधमा चितवनका विद्यार्थीहरुले आन्दोलनलाई थप चर्काएका छन् । मेडिकल कलेजहरुले चिकित्साशास्त्रमा अध्ययनरत विद्यार्थीहरुबाट अवैध रुपमा बढी शुल्क लिएको विरोधमा विद्यार्थीहरुले आइतबार पनि प्रदर्शन गरेका हुन् ।

विद्यार्थी, अभिभावक र नागरिक समाजले आइतबार भरतपुरको चौविसकोठीबाट ¥याली निकाली नारायणगढ बजार परिक्रमा गरी पुनः चौविसकोठीमा पुगेर कोणसभा गरेका थिए । विद्यर्थीहरुले सरकारले तोकेको भन्दा बढी शुल्क लिएको भन्दै विगत तीन महिना देखि मेडिकल कलेजहरुविरुद्ध आन्दोलन गर्दै आएका छन् ।

मेडिकल कलेजहरुले बढी शुल्क लिएको स्विकार गर्दा समेत सरकारले कारबाही नगरेको आरोप विद्यार्थीहरुले लगाएका छन् । विद्यार्थीहरुले सरकारले कारबाही गर्न नसके जनताले कारबाही गर्ने चेतावनी समेत दिएका छन् । सरकारले विद्यार्थीबाट लिएको बढी शुल्क फिर्ता गर्न मेडिकल कलेजहरुलाई दिएको समय सोमबार सकिदै छ । तर पनि मेडिकल कलेजहरुले अहिलेसम्म चासो नदिएको गुनासो विद्यार्थीहरुको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.