Nepal Times
Nepal Times
3
Shares

मेयर कपः त्रिभुवन आर्मीद्वारा काठमाडौँ मेयर–११ पाँच विकेटले पराजित

मेयर कपः त्रिभुवन आर्मीद्वारा काठमाडौँ मेयर–११ पाँच विकेटले पराजित

२४ फागुन, काठमाडौँ । मेयर कप एकदिवसीय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मीले काठमाडौँ मेयर–एघार लाई पाँच विकेटले हराएको छ । त्रिवि क्रिकेट मैदानमा काठमाण्डौ–११ ले दिएको एक सय ५६ रनको लक्ष्य आर्मीले २३ ओभर पाँच बलमा मात्रै पाँच विकेट गुमाएर भेटायो ।

आर्मीका लागि सोमपाल कामीले ५१ बलमा ८० रन बनाए । सोमपालले ६ छक्का र नौ चौका प्रहार गरे । उनलाई सन्दीप लामिछानेले आउट गरे । आज महँगा सावित भएका सन्दीपले नौ ओभरमा ७४ रन दिएर दुई विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको काठमाण्डौ मेयर–एघार ४२ ओभर एक बलमा एक सय ५५ रन बनाउँदै अलआउट भयो । उसका सौरभ खनालले सर्वाधिक ४२ रन बनाए । आर्मीका शाहब आलमले चार र जितेन्द्र मुखियाले तीन विकेट लिए ।

यो जितसँगै आर्मीले दुई खेलमा दुई अङ्क जोडेको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.