Nepal Times
Nepal Times
3
Shares

मेसीलाई उछिन्दै रोनाल्डो बने धेरै आम्दानी गर्ने फुटबलर

मेसीलाई उछिन्दै रोनाल्डो बने धेरै आम्दानी गर्ने फुटबलर

६ असोज, एजेन्सी ।

पोर्चुगलका फुटबल स्टार क्रिस्टियानो रोनाल्डो सबैभन्दा धेरै आम्दानी गर्ने फुटबलर बनेका छन् । चिरप्रतिद्वन्द्वी अर्जेन्टाइन स्टार लियोनेल मेसीलाई उछिन्दै रोनाल्डो पहिलो स्थानमा उक्लिएका हुन् ।

अमेरिकी पत्रिका फोर्ब्स सबैभन्दा धेरै आम्दानी गर्ने फुटबल खेलाडीको सूचीमा पहिलाे नम्बरमा रोनाल्डोलाई राखेकाे छ । उनी ठूलो रकममा म्यानचेस्टर युनाइटेडमा आएकाले पनि पहिलो स्थान सुरक्षित गर्न सजिलो भयो । २०२१–२२ को सिजनमा रोनाल्डोले करबाहेक १२ करोड ५० लाख डलर रकम आम्दानी गर्ने भएका छन् । यसमध्ये ७ करोड उनको तलब र बोनसबाट आउँछ ।

पाँच करोड ५० लाख व्यावसायिक सम्झौताहरुबाट हुन्छ । स्पोन्सरसिपको मामिलामा रोनाल्डो सबैभन्दा धेरै रकम बुझ्ने खेलाडी भएकाे बताइन्छ ।

समग्र खेल क्षेत्रमा केवल तीन खेलाडीले मात्र व्यावसायिक रुपमा रोनाल्डोको भन्दा आम्दानी गर्छन् । जसमा रोजर फेडेररले ९ करोड डलर बनाउँछन् भने लेब्रोन जेम्सले ६ करोड ५० लाख डलर कमाउँछन् । त्यस्तै टाइगर वूड्सले ६ करोड डलर आम्दानी गर्छन् ।

धेरै आम्दानी गर्ने फुटबलरको सूचीको दोस्रो स्थानमा मेस्सी छन् । उनको कर बाहेकको वार्षिक आम्दानी ११ करोड डलर छ । यो सूचीको तेस्रो स्थानमा नेइमार र चौथोमा केलियन एम्बाप्पे छन् । सबभन्दा धेरै कमाउने चार फुटबल खेलाडीमध्ये तीन खेलाडी फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) मा आबद्ध छन् ।

यो सिजनमा विश्वका सबैभन्दा धेरै आम्दानी गर्ने १० फुटबलरले करअघि ५८ करोड ५० लाख डलर आम्दानी गर्ने देखिएको छ । यो रकम अघिल्लो सिजनमा ५७ करोड डलर थियो ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.