Nepal Times
Nepal Times
3
Shares

मोटरसाइकल चोरी र लागुऔषध कारोबारमा संलग्न तीन जना घुमुवा प्रहरी निलम्बन

मोटरसाइकल चोरी र लागुऔषध कारोबारमा संलग्न तीन जना घुमुवा प्रहरी निलम्बन

३० असार, दाङ ।

दाङमा कार्यरत तीन जना घुमुवा प्रहरी निलम्बनमा परेका छन् । मोटरसाइकल चोरी र लागुऔषधको कारोबारमा संलग्न रहेको आरोप लागेका उनीहरु निलम्बनमा परेका हुन् ।

इलाका प्रहरी कार्यालय भालुवाङमा कार्यरत प्रहरी जवान तिलक केसी र मानबहादुर विक मोटरसाइकल चोरी कार्यमा संलग्न रहेको अनुसन्धानबाट खुल्न आएपछि निलम्बनमा परेका हुन् ।

त्यस्तै, अस्थायी प्रहरी पोष्ट कालेकाँटेमा कार्यरत प्रहरी जवान नरेन्द्र पुन लागुऔषध कारोबारमा संलग्न रहेको अनुसन्धानबाट खुलेपछि निलम्बनमा परेको प्रहरीले जनाएको छ ।

उनीहरुलाई जिल्ला प्रहरी कार्यालय घोराही दाङको थुनामा राखेर थप अनुसन्धान भइरहेको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.