Nepal Times
Nepal Times
3
Shares

मोरङको रतुवामाईमा बन्ने भो डेढ करोडको प्रहरी भवन

मोरङको रतुवामाईमा बन्ने भो डेढ करोडको प्रहरी भवन

१० भदौ, विराटनगर ।

प्रदेश–१ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले जनताको जीउधनको सुरक्षालाई प्रदेश सरकारले पहिलो एजेण्डाको रुपमा राखेर काम गरिरहेको बताएका छन् ।

मोरङको रतुवामाई नगरपालिकामा सीमा प्रहरीचौकीको शिलान्यस कार्यक्रममा बोल्दै उनले शान्ति सुरक्षा विना विकास निर्माणसहित समाजका अन्य गतिविधि समेत अघि बढ्न नसक्ने भएका कारण प्रदेश सरकारले शान्तिसुरक्षालाई पहिलो प्राथमिकतामा राखेको बताए ।

उनले जनतालाई सुरक्षाको थप प्रत्याभुति गराउन प्रदेश प्रहरी कार्यालयसहित ५१ वटा प्रहरी भवन बनाउने गरि कार्य थालिएको बताए । मन्त्री कार्कीले झापा, मोरङ र सुनसरीमा भारतसंग १ सय ५० किलोमिटर खुला सिमाक्षेत्र रहेको बताउदै सिमाक्षेत्रलाई ब्यवस्थित र मर्यादित बनाउन १७ वटा शसस्त्र प्रहरीको बिओपी थप गरि ३३ पु¥याइएको बताए ।

सिमा क्षेत्रमा हुने तस्करी र लागुपदार्थको ओसार पसार रोक्न सिमासुरक्षा पोष्टहरु थप गरिएको उनको भनाई थियो । प्रदेश एक प्रहरी प्रमुख ठाकुरप्रसाद ज्ञवालीले शान्तिसुरक्षालाई थप सुदृढ बनाउन नागरीकसंग सहकार्यगर्दै सूचनाको जालो बनाएर शान्तिसुरक्षा कायमगर्न समुदाय प्रहरी साझेदारी कार्यक्रम ल्याइएको बताए ।

यसअघि मन्त्री कार्कीले रतुवामाई नगरपालिका–२ डोरीयामा सीमा प्रहरी भवनको शिलान्यास गरेका थिए । सो ठांउमा साढे ५ कट्ठा क्षेत्रफलमा प्रदेश सरकारको १ करोड ३९ लाख बढी बजेटमा साढे २ तल्ले आधुनिक भवन निर्माण हुन लागेको हो ।

१ बर्षमा निर्माण सम्पन्न हुने भवनमा ब्यारेक हल,महिला र पुरुष कैदीबन्दी कोठा र शौचालय लगायत ११ वटा कोठा निर्माण गरिने शहरी विकास तथा भवन कार्यालय प्रदेश एकका इन्जिनियर रामसुवरण चौधरीले जानकारी दिए ।

कार्यक्रममा मोरङका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसी र मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारी लगायतकोसहभागिता रहेको थियो ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.