Nepal Times
Nepal Times
3
Shares

मोरङमा अवैध उत्खनन् गर्ने एक दर्जन सवारी प्रहरीको नियन्त्रणमा

मोरङमा अवैध उत्खनन् गर्ने एक दर्जन सवारी प्रहरीको नियन्त्रणमा

४ कात्तिक, मोरङ ।
मोरङको इक्राही स्थित केशलिया खोलामा अवैध रूपमा माटो उत्खनन गरिरहेका ट्रयाक्टर,टिफर र इस्काभेटरलाई मोरङ प्रहरीले नियन्त्रणमा लिएको छ ।

विराटनगर महानगरपालिका–४ स्थित ईक्राहीमा अवैध रूपमा माटो उत्खनन गरिरहेको को २ त ४५८, को २ त ९०००, को २ त ३६३२ र को १ त ४९०५ नम्बरको ट्रयाक्टरहरूलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले पारी नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिईएका सो ट्याक्टर आवश्यक कारवाहीको लागि महानगरपालिकाको कार्यालय विराटनगरमा बुझाईएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

यस्तै केशलिया खोलामा केशलिया पुल देखी ३०० मिटर उत्तर माटो कट्टान गरिरहेको भन्ने खबर प्राप्त हुना साथ गएको प्रहरीको टोलीले ७ वटा टिफर र १ वटा स्काईभेटर फेला पारेकोमा खोलाको दुबै तिर कट्टान गरिरहेको हुँदा जिप्रका सुनसरीसँग समन्वय गरी ईलाका प्रहरी कार्यालय दुहवीमा बुझाईएको छ ।

यसैगरी मोरङको केराबारी गाउँपालिका–९ स्थित भलुवा खोलामा अवैधरुपमा ढुङ्गा लोड गर्दै गरेको ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.