Nepal Times
Nepal Times
3
Shares

मोरङमा ट्रकको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

मोरङमा ट्रकको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

५ वैशाख, मोरङ । मोरङ बुढिगंगा गाउँपालिका-४ नेमुवा चौकस्थित कोशी राजमार्गमा ट्रकको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ ।

आज विहान सभा १० बजे उत्तर जादै गरेको ना ६ ख ३०४० नम्बरको ट्रकले को ९ प २६८१ नम्बरको मोटरसाईकललाई ओभरटेक गर्ने क्रममा ठक्कर दिँदा मोटरसाईकल चालक विराटनगर १४ जतुवाका ४५ बर्षीय अन्जनि सिंह गम्भिर घाईते भएका थिए ।

घाईते सिंहको बिराट मेडिकल कलेज गंगाचौकमा उपचारको क्रममा बिहान पौने ११ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

ट्रक र चालक बारा निजगड कोल्बी नगरपालिका २ का ३२ बर्षीय भिम बहादुर बिक प्रहरीको नियन्त्रणमा रहेको सो कार्यालयले जनाएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.