Nepal Times
Nepal Times
3
Shares

मोरङ र सुनसरीबाट लागूऔषधसहित २ जना पक्राउ

मोरङ र सुनसरीबाट लागूऔषधसहित २ जना पक्राउ

२२ चैत, मोरङ । मोरङ र सुनसरीबाट शनिबार दिउँसो लागूऔषध सहित २ जना पक्राउ गरिएको छ ।

ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले विराटनगर १० दक्षिणगेटबाट बेलबारी ३ का ३३ बर्षीय बिक्रम गुरुङलाई नियन्त्रित औषधी एभिल ८ एम्पुल, लुपिजेसिक ८ एम्पुल, डाइजाल्याब ८ एम्पुल सहित पक्राउ गरिएको हो भने ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान १५ ज्ञानचर्चमार्ग स्थितबाट खोटाङ दिप्रुङ ४ घर भई हाल धरान १५ मा डेरा गरी बस्ने २१ बर्षीय मिलन राईलाई लागूऔषध ब्राउन सुगर ९०० मिलिग्राम सहित पक्राउ गरिएको छ ।

पक्राउ परेका उपर थप अनुसन्धान भईरहेको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.