Nepal Times
Nepal Times
3
Shares

म्याग्दी अक्सिजनमा आत्मनिर्भर

म्याग्दी अक्सिजनमा आत्मनिर्भर

२४ बैशाख, म्याग्दी । महामारीका रूपमा फैलिएको कोरोना भाइरसका साथै श्वासप्रश्वासका बिरामीको उपचारका लागि आवश्यक पर्ने अक्सिजनमा म्याग्दी जिल्ला आत्मनिर्भर बनेको छ ।

बेनी अस्पतालले अक्सिजन उत्पादन केन्द्र सञ्चालन गरेर जिल्लालाई अक्सिजनमा आत्मनिर्भर बनाएको हो ।

देशका विभिन्न ठाउँमा अक्सिजन अभावमा कोरोना सङ्क्रमित र श्वासप्रश्वासको समस्या भएका बिरामीको उपचारमा समस्या भएको खबर सार्वजनिक भइरहेका बेला म्याग्दीमा भने अक्सिजनको उत्पादन र आपूर्ति पर्याप्त छ ।

बेनी अस्पतालका प्रमुख डा जितेन्द्र कँडेलले उपचारका लागि आउने र घरमै अक्सिजन लगाउनुपर्ने बिरामीका लागि पर्याप्त अक्सिजन व्यवस्थापन गरिएको बताए ।

“अस्पतालको सबै शय्यामा प्लान्टबाट सिधैँ पाइपबाट अक्सिजन आपूर्ति गर्ने व्यवस्था मिलाएका छौँ”, उनले भने, “निर्माणाधीन आइसोलेशन कक्षमा पनि पाइपबाट सिधैँ अक्सिजन आपूर्ति गर्ने संरचना तयार पार्दैछौँ । सिलिण्डर पनि तयारी अवस्थामा छन् ।”

बेनी अस्पतालमा ३४ ठूला, चारवटा मध्यम र एम्बुलेन्समा जडान भएकासहित छवटा साना अक्सिजनका सिलिण्डर छन् । अस्पतालका सिलिण्डर बिरामीलाई घर लैजान दिइएको छैन ।

दीर्घरोगीको निधनपछि घरमै प्रयोगविहीन भएर थन्किएका अक्सिजन सिलिण्डर उपलब्ध गराउन अस्पतालले अपिल गरेको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.