Nepal Times
Nepal Times
3
Shares

म्यानमारका सैनिक प्रमुख पहिलो पटक अन्तर्राष्ट्रिय भ्रमणमा जाँदै

म्यानमारका सैनिक प्रमुख पहिलो पटक अन्तर्राष्ट्रिय भ्रमणमा जाँदै

११ वैशाख, एजेन्सी ।
जननिर्वाचित सरकारलाई हटाएर शक्ति आफ्नो हातमा लिएका म्यानमारका सैन्य प्रमुखले पहिलोपटक अन्तर्राष्ट्रिय नेताहरुसँग भेटवार्ता गर्दै छन् ।

गएको फेब्रुअरी १ मा कु गरेर सत्ता हत्याएपछि पहिलोपटक सैनिक जनरल विदेश भ्रमणमा जान लागेका हुन् । सैनिक प्रमुख जनरल मिन आङ लाइङ शनिबार इन्डोनेशियाको राजधानी जकार्ता जाँदै छन् ।

सैनिकले सत्ता लिएयता लगातार प्रदर्शन हुँदै आएको छ । सुरक्षाकर्मीको ज्यादती र बल प्रयोगका कारण अहिलेसम्म ७०० भन्दा धेरैको ज्यानगएको छ ।

इन्डोनेशियामा दक्षिण पूर्वी एसियाली देशहरुको एशोसिएशन आसियनको सम्मेलन हुँदैछ ।

सो सम्मेलनमा म्यानमारसहित १० सदस्य राष्ट्रका नेता तथा विदेशमन्त्रीहरु सामेल हुने छन् । सम्मेलनमा म्यानमारको हालको संकटबारे औपचारिक रुपमा छलफल सुरु हुनेछ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.