Nepal Times
Nepal Times
3
Shares

युरोकपमा आज ४ खेल, कुन-कुन टोली भिड्दैछन् ?

युरोकपमा आज ४ खेल, कुन-कुन टोली भिड्दैछन् ?

९ असार, एजेन्सी ।

जारी १६ औं संस्करणको युरोकप फुटबलमा आज चार खेलहरु हुँदैछन् ।

आज समूह चरणको अन्तिम दिनमा समूह ‘ई’ र समूह ‘एफ’ को २÷२ खेलहरु हुनेछन् ।

समूह ‘ई’मा रहेको स्पेनले आज राति स्लोभाकियासँग प्रतिस्पर्धा गर्नेछ । दुई टोलीबीचको खेल सेभियामा नेपाली समयानुसार बुधबार राति ९ः४५ बजे सुरु हुनेछ ।

स्पेनलाई नकआउट चरणमा प्रवेश गर्नका लागि आजको खेल जित्नैपर्नेछ । स्पेन स्लोभाकियालाई हराएर अन्तिम १६ मा पुग्न चाहन्छ । यता, स्लोभाकिया पनि स्पेनलाई हराएर नकआउट चरणमा पुग्न चाहन्छ । स्लोभाकिया २ खेलमा ३ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

यस्तै, सोही समूहको अर्को खेलमा स्विडेन र पोल्याण्ड प्रतिस्पर्धा गर्दैछन् । दुई टोलीबीचको खेल नेपाली समयानुसार राति ९ः४५ बजे सुरु हुनेछ । ४ अंकसहित शीर्ष स्थानमा रहेको स्विडेन नकआउट चरणमा पुगिसकेको छ । तर, पोल्याण्डलाई हराएर स्विडेन समूह विजेता बन्दै अन्तिम १६ मा पुग्ने योजनामा रहेको छ । पोल्याण्ड १ अंक जोडेर समूहको पुछारमा रहेको छ ।

यसैगरी समूह ‘एफ’ अन्तर्गत दुई हेभिवेट टिम पोर्चुगल र फ्रान्सबीच प्रतिस्पर्धा हुँदैछ । साविक विजेता पोर्चुगल र उपविजेता फ्रान्सबीचको खेल नेपाली समयानुसार राति १२ः४५ बजे सुरु हुनेछ ।

पुस्कास स्टेडियममा पोर्चुगल फ्रान्सलाई हराएर नकआउट चरणमा पुग्न चाहन्छ । पोर्चुगल २ खेलमा ३ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । फ्रान्स यस अघि नै नकआउट चरणमा पुगिसकेको छ ।

यस्तै, समूह ‘एफ’ अन्तर्गतै अर्को खेलमा जर्मनीले हंगेरीसँग खेल्नेछ । दुई टोलीबीचको खेल राति १२ः४५ बजे सुरु हुनेछ । जर्मनी २ खेलमा ३ अंक जोडेर समूहको दोस्रो स्थानमा रहेको छ । हंगेरीलाई हराएर जर्मनी अन्तिम १६ को यात्रा तय गर्न चाहन्छ ।

हंगेरी १ अंक जोडेर समूहको पुछारमा रहेको छ । हंगेरी पनि जर्मनीलाई हराएर नकआउट चरणमा पुग्न चाहन्छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.