Nepal Times
Nepal Times
3
Shares

युरोप पठाइदिन्छु भन्दै १९ लाख ठगी गर्ने एक जना पक्राउ

युरोप पठाइदिन्छु भन्दै १९ लाख ठगी गर्ने एक जना पक्राउ

९ बैशाख, काठमाडौ । युरोप पठाइदिन्छु भन्दै लाखौँ रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

युरोप पठाइदिन्छु भन्दै १९ लाख बढी रकम ठगी गरेको अभियोगमा चितवन राप्ती नगरपालिका ३ घर भइ काठमाण्डौ महानगरपालिका – १६ नयाँ बजार बस्ने ३६ वर्षीय भरतप्रसाद राईलाई बुधबार प्रहरीले पक्राउ गरेको हो।

राई ग्राण्डी ग्लोबल होलिडेज प्रालिका सञ्चालक हुन् । युरोपका पोर्चुगल, लाटभिया लगायतका देशमा भिजिट भिसामा पठाइदिने भन्दै उनले धेरैलाई ठगी गरेको प्रहरीले जनाएको छ ।

भिजिटमा जानको लागि १० लाख रुपैयाँ लाग्छ भन्दै प्रलोभनमा पारी ६ जना व्यक्तिहरुसँग १९ लाख ४७ हजार रुपैयाँ लिएर पछि सम्पर्क विहीन भएका थिए ।

उनलाई महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीको टोलीले पक्राउ गरेको हो ।

राईलाई आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाण्डौ पठाइएको अपराध महाशाखाले जनाएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.