Nepal Times
Nepal Times
3
Shares

रणनीतिक सफलता प्राप्त गर्न नेपाललगायतका देशमा चीनको लगानीः भारतीय रक्षा प्रमुख

रणनीतिक सफलता प्राप्त गर्न नेपाललगायतका देशमा चीनको लगानीः भारतीय रक्षा प्रमुख

७ कार्तिक, एजेन्सी ।

भारतका रक्षा प्रमुख जनरल विपिन रावतले दक्षिण एशियामा रणनीतिक सफलता प्राप्त गर्न नेपाललगायतका देशमा चीनले ठूलो लगानी गरेको बताएका छन् ।

‘दक्षिण एशियामा रणनीतिक सफलता प्राप्त गर्न नेपाल, श्रीलंका र माल्दिभ्समा पर्याप्त लगानीसहित पछिल्लो समयमा बंगलादेश र म्यानमारले चिनियाँ सेनाको ठूलो सहयोग प्राप्त गरेका छन् । ’ रावतले भने ।

विश्व शक्तिमा पुग्ने चीनको आकांक्षाका कारण दक्षिण एशियामा अस्थिरता निम्तिएको उनले आरोप लगाएका छन् । बढ्दो विश्व शक्तिको रुपमा आफूलाई सशक्त देखाउन चीनले दक्षिण एशिया र हिन्द महासागरमा ठूला सडक निर्माण गरेको उनको भनाई छ ।

‘हालसालै हामी भूरणनीतिक प्रतिष्प्रर्धाको साँक्षी बनेका छौ । आफ्नो स्वार्थका उपर्युक्त स्थान खडा गर्न चीनले यस क्षेत्रमा ठूलो लगानी गरेको छ,’ उनले भनेको छ ।

म्यानमार र बंगलादेशमा चीनको हमला भारतको राष्ट्रिय सुरक्षामा नभएको बरु त्यस्ता गतिविधि भारतलाई घेरा हाल्ने प्रयत्न भएको उनले आरोप लगाए ।

अहिले क्षेत्रीय रणनीतिक अस्थिरताको खतरा रहेको र यसले भारतको क्षेत्रीय अखन्डता र रणनीतिक महत्वमा असर गरेको उनले बताए । पाकिस्तानको राज्य प्रायोजित अतिवाद दुई देशबीचको शान्ति प्रकृयामा मुख्य बाधक भएको उनले बताए ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.