Nepal Times
Nepal Times
3
Shares

छुट्टै संविधान संशोधन प्रस्ताव दर्ता गर्दै राजपा

छुट्टै संविधान संशोधन प्रस्ताव दर्ता गर्दै राजपा

१६ जेठ, काठमाडौं ।
राष्ट्रिय जनता पार्टीले छुट्टै संविधान संशोधन प्रस्ताव दर्ता गर्ने भएकाे छ। संविधान संशोधन प्रस्ताव दर्ता गर्नका लागि राजपाका नेताहरू महन्थ ठाकुर, महिन्द्रराय यादव, लक्ष्मणलाल कणर् लगायत संसद सचिवालय पुगेका छन् ।

संविधान संशोधनको प्रस्तावक राजपा नेता लक्ष्मणलाल कणर् रहेका छन् । समर्थक अन्य सांसदहरू रहेका छन् । सरकारले नयाँ नक्साअनुसार निशान छाप संशोधन गर्न संविधान संशोधन विधेयक शुक्रबार संसद सचिवादयमा दर्ता गरेको छ । विधेयकबारे सहमति जुटाउन प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठकमा राजपा नेताहरुले मधेसको माग पनि सम्बोधन गर्न आग्रह गरेका थिए ।

आफूले दर्ता गरेको संविधान संशोधन प्रस्ताव र सरकारले दर्ता गरेको संविधान संशोधन प्रस्ताव सँगै पास गर्नुपर्ने राजपा नेताहरूले बताएका छन् । उनीहरूले आफूहरूका माग सम्बोधन नगरिए सरकारले ल्याएको संविधान संशोधन विधेयकमा सहमति हुन नसकिने बताएका छन् ।
राजपाले दर्ता गर्ने संविधान संशोधन प्रस्तावबारे समाजवादीसँग भने छलफल नभएको बताइएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.